एनएमबी बैंकले ल्यायो भिजा कर्पोरेट क्रेडिट कार्ड

  • Technology Khabar | ७ आश्विन २०७७, बुधबार
एनएमबी बैंकले ल्यायो भिजा कर्पोरेट क्रेडिट कार्ड
Global IME Bank

काठमाडौं ।

एनएमबी बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड ल्याएको छ। यो कार्ड व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिने भएको छ।

उक्त कार्ड विशेषगरी व्यवसायसंग सम्बन्धित खर्चहरु जस्तैः व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ्ग र व्यवसायसंग सम्बन्धित अन्य खर्चहरुको व्यवस्थापनका लागि प्रयोग गर्न सकिने बैंकले बताएको छ।

बैंककाअनुसार एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमामा जारी हुन्छ।

प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिने बैंकको भनाइ छ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा नयाँ प्रस्तुती हो। यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा उहाँहरुको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ। हाम्रा सेवाहरूमा ग्राहकको अनुभव अभिवृद्धि गर्नु यसको मुख्य उद्देश्य हो’, बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ आश्विन २०७७, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार