नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

  • Technology Khabar | ६ आश्विन २०७७, मंगलवार
नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

काठमाडौं ।

नेपाल टेलिकमको तार चोरी गर्ने ४ जनालाई नेपाल प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर-६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी रहेका छन।

गत असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खोजतलासकै क्रममा हिजो राती ८ बजे जामुनगाछीबाट चेकजाँच गर्दा चारै जनालाई पक्राउ गरिएको हो ।

साथै उनिहरुले चोरी गरी लगेको नेपाल टेलिकमको १५० पेयरको २२० मिटर केवल तार सहित को ९ प ४१५८ नम्बरको यामाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको प्रहरीले उल्लेख गरेको छ ।

चोरीएका सामानसहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित: ६ आश्विन २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार