एक महिनाको बीचमा १५० स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जोडिए

  • Technology Khabar | ४ आश्विन २०७७, आईतवार
एक महिनाको बीचमा १५० स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जोडिए

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर स्थानीय तहहरुमा बिस्तार गरिरहेको ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन गएको एक महिनाको बीचमा थप १५० स्थानमा जडान गरिएको छ ।

प्राधिकरणले हालै जारी गरेको तथ्यांकअनुसार कोषको रकम प्रयोग गरेर बिस्तार हुँदै आएको इन्टरनेट सेवा भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा जडान सम्पन्न भईरहेको छ। यो संख्या साउन मसान्तसम्म केबल १० हजार ३६८ स्थान मात्र थियो ।

प्रतिशतको आधारमा हेर्दा भने यसमा करिब १ प्रतिशतको वृद्धि देखिएको छ ।

कोषको रकम परिचालन गरेर देशभर १८ प्याकेजहरुमध्ये १२ प्याकेजमार्फत ४६ जिल्लाका तोकिएका स्थानहरुमा शत प्रतिशत तथा एउटा प्याकेजमार्फत ४ जिल्लाका तोकिएअनुसारका स्थानहरुमा ५० प्रतिशत कार्य सम्पन्न भई संचालनमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

त्यसैगरि नेटवर्क तथा ब्रोडब्ययाण्ड कनेक्टिभिटी जडान सम्पन्न भएका स्थानहरुमा संचालिन इन्टरनेट सेवाको गुणस्तर मापदण्ड अनुसार भए नभएको सम्बन्धमा पनि विवरण लिने कायर्य भईरहेको बताईएको छ ।

कुल १६ हजार ६०१ स्थानहरुका स्थानीय निकायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउनुपर्नेछ । जसमध्ये कुल इन्टरनेट जडान सम्पन्न ६३.३६ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित: ४ आश्विन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • ४ आश्विन २०७७, आईतवार