ट्रम्प प्रशासनको बिरूद्ध अमेरिकी प्रतिबन्ध रोक्नका लागि टिकटकद्धारा मुद्धा दर्ता

  • Technology Khabar | ३ आश्विन २०७७, शनिबार
ट्रम्प प्रशासनको बिरूद्ध अमेरिकी प्रतिबन्ध रोक्नका लागि टिकटकद्धारा मुद्धा दर्ता

काठमाडौं ।

टिकटकले एक अमेरिकी न्यायाधीश समक्ष चिनियाँ सोशल मिडिया नेटवर्कमा ट्रम्प प्रशासनले लगाउने प्रतिबन्ध रोक लगाउन आदेश माग गरेको छ ।

टिकटक र यसको मूल कम्पनी बाइटडान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई चुनौती दिदै शुक्रवार राती वाशिगटनको संघीय अदालतमा उजुरी गरेको रिपोर्टले जनाएको छ।

अमेरिकी वाणिज्य विभागले सेप्टेम्बर २० तारिखदेखि संयुक्त राज्यमा रहेका मानिसहरूलाई चिनियाँ स्वामित्वको मेसेजिंग एप वीच्याट र टिकटक डाउनलोड गर्न रोक्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ।

प्रतिवेदनले उक्त प्रतिबन्ध घोषणालाई उद्धृत गर्दै ट्रम्पले उनको अधिकार नाघेर उक्त एपमा प्रतिबन्ध लगाउन लागेको दाबी गरेको छ यसका साथै उनले त्यसो गर्नु राजनीतिक कारण भएको बताएको छ ।

टिकटकले यो प्रतिबन्धले कम्पनीको पहिलो संशोधन अधिकार उल्लंघन गर्ने पनि बताएको छ।

बाइटडान्स र टिकटक दुबैले एक आदेशको रुपमा फैसला खोजिरहेको बताईएको छ । एजेन्सी

प्रकाशित: ३ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...