Technology Khabar २ आश्विन २०७७, शुक्रबार
काठमाडौं ।
अमेरिकी टेक कम्पनी एप्पलले आगामी सेप्टेम्बर २३ देखि भारतमा पहिलो अनलाइन स्टोर सुरू गर्ने घोषणा गरेको छ। हालसम्म भारतमा कुनै भौतिक एप्पल स्टोर छैन र एप्पल आफैंले अनलाइन उत्पादनहरू समेत बिक्री गर्दैन् ।
एप्पलका अनुसार ग्राहकले अब कम्पनीको विशेष अनलाइन स्टोरबाट एप्पल उत्पादनहरू प्रत्यक्ष किन्न सक्छन् र उनीहरू यहाँबाट सपोर्टको सुबिधा पनि पाउने छन।
यो भारतमा पहिलो पटक हुनेछ। अहिलेसम्म एप्पल उत्पादनहरू भारतमा या त एप्पलको अधिकृत स्टोरहरु वा ईकमर्श वेबसाइटमा मात्र उपलब्ध छन्।
We know how important it is for our customers to stay in touch with those they love and the world around them. We can’t wait to connect with our customers and expand support in India with the Apple Store online on September 23! ????????https://t.co/UjR31jzEaY
— Tim Cook (@tim_cook) September 18, 2020
कम्पनीले भनेको छ कि एप्पल अनलाइन स्टोरले ग्राहकहरुलाई संसारभरका एप्पल स्टोर जत्तिकै प्रीमियमको अनुभव दिनेछ। अनलाइन स्टोरहरूबाट ग्राहकले हिन्दी र अंग्रेजीमा उत्पादनहरूका बारे जानकारी प्राप्त गर्नेछन्।
एप्पल उपकरण सपोर्ट अनलाइन स्टोरबाट पनि लिन सकिन्छ। कम्पनीले भनेको छ कि तपाई यहाँ एप्पल स्पेशलिस्टबाट म्याक कन्फिगर गर्न र नयाँ उपकरणहरु सेटअप गर्न सिक्न सक्नुहुन्छ।
एप्पल अनलाइन स्टोरमा धेरै प्रकारका प्रस्तावहरू पनि उपलब्ध हुनेछ। विद्यार्थीहरूले म्याक वा आईप्याड विशेष मुल्यमा खरिद गर्न सक्षम हुनेछन् तथा साथै एप्पलकेयर र सामानहरूमा छुट पाउनेछन्।
एप्पलले सिग्नेचर गिफ्ट र्याप र पर्सनलाइज्ड एनग्रेभिंग पनि फेस्टिभ सीजनमा एप्पल उत्पादनहरूको साथ उपलब्ध हुने जानकारी दिएको छ।
यो एयरपडहरूको लागि हुनेछ जबकि एप्पल पेन्सिल र आईप्याडमा अ भ्लनष्किज्ग्रेजीमा उत्कीर्ण हुन सक्षम हुनेछ।
भारतीय ग्राहकहरुले आफ्नो नाम, टेक्स्ट ईमोजी एप्पलको छानिएका उत्पादनहरूमा लेखाउन सक्ने सुबिधा हुनेछ र यो विभिन्न स्थानीय भाषाहरुमा हुने कम्पनीले जनाएको छ।
प्रकाशित: २ आश्विन २०७७, शुक्रबार