कनेक्ट आइपिएसमा थप ९ बैंकका खाता अनलाइन भेरीफाई गर्न सकिने

  • Technology Khabar | १ आश्विन २०७७, बिहीबार
कनेक्ट आइपिएसमा थप ९ बैंकका खाता अनलाइन भेरीफाई गर्न सकिने

काठमाडौं ।

कनेक्ट आइपिएसमा बैंक खाता लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाइ गर्ने सुविधा थप बैंक वित्तिय संस्थाहरुमा उपलब्ध भएका छन् ।

यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको कनेक्ट आइपिएसले जनाएको छ।

यस अनलाइन सुविधासँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आइपिएसमा लिंक गरिएको खाता भेरिफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

बैंकका ग्राहकले कनेक्ट आइपिएसमा लिंक अकाउन्टभित्र आफ्नो खाता लिंक गरिसकेपछि म्यानेज अकाउन्ट भित्र सेल्फ भेरिफाईमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...