अमेरिकाले ह्वावेमाथि लगाएको प्रतिबन्ध लागू भएसँगै स्मार्टफोनका स्टक सकिँदै

  • Technology Khabar | ३१ भाद्र २०७७, बुधबार
अमेरिकाले ह्वावेमाथि लगाएको प्रतिबन्ध लागू भएसँगै स्मार्टफोनका स्टक सकिँदै

काठमाडौं ।

सेप्टेम्बर १५ बाट अमेरिकाले लगाएको ह्वावेमाथिको प्रतिबन्धको दोस्रो चरण सुरु भएको छ। मंगलबारबाट ताइवानको टीएसएमसी क्वालकम, सामसङ माइक्रोन र एसके हाइनिक्सलगायतले आफ्ना उत्पादनहरु चिनियाँ कम्पनीलाई दिन पाउने छैनन्।

तर यी कम्पनीहरुले अमेरिकाको वाणिज्य विभागबाट ह्वावेसँग समन्वयमा जाने अधिकार पाउने झिनो आशा भने मारेका छैनन्।

तर यस्तो खालको निर्णय आउनसक्ने सम्भावना भने ज्यादै न्यून छ। यतिखेर ह्वावे कठिन संघर्षको समयबाट गुज्रिरहेको छ भने यसबाट बाहिर निस्किने कुनै स्पष्ट योजना कम्पनीसँग छैन।

विशेषगरी अन्य कम्पनीबाट लिइरहेको चिपको आपूर्ति रोकिएपछि के गरी चिप प्राप्त गर्ने भन्ने कुनै स्पष्ट खाका कम्पनीसँग छैन। अहिले कम्पनी चीनमै रहेका चिप उत्पादकहरु खोजिरहेको छ।

पूर्ण क्षमताअनुसार स्मार्टफोन उत्पादन गर्न नसकेपछि अहिले ह्वावे एसेसरिज तथा एलईडी डिस्प्लेहरुका लागि ड्राइभर र कारहरुका लागि इलेक्ट्रोनिक्स उत्पादनमा जोड दिइरहेको छ।

यतिखेर स्टोरहरुमा ह्वावे स्मार्टफोनहरु पाइन छाडेका छन्। बजारमा स्टकमा रहेका फोनहरु सकिँदै गएका छन् भने ग्राहकहरु नयाँ स्टक आउने अपेक्षामा छन्।

ह्वावेको मेट नोभा र पी सिरिजका फोनहरु छिट्टै सकिँदै छन्। एकातिर स्टक सकिँदै छ भने डिभाइसहरुका मूल्य भने बढ्न थालेको छ। एजेन्सीका साथ

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...