ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

  • Technology Khabar | ३० भाद्र २०७७, मंगलवार
ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

काठमाडौं ।

वर्ल्डलिङ्क कम्युनिकेशन्सले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो
सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

२५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको सुनाए ।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो ।

‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन,’ उनले भने ।

कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...