Technology Khabar ३० भाद्र २०७७, मंगलवार
काठमाडौं ।
नोकिया फोनको उत्पादक एच्.एम.डी. ग्लोवलले नयाँ फीचरहरु भएको स्मार्टफोन नोकिया सी३ विश्व बजारमा ल्याएको छ।
सोहि अनुरुप नेपालका लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले नोकिया सी३ नेपालमा भित्र्याएको छ । ५.९९ इन्चको एचडी प्लस स्क्रिन, दिनभर टिक्ने ब्याट्री र उच्चस्तरको क्यामेरा क्वालिटी भएको नोकिया ऋघ एण्ड्रोइड १० स्मार्टफोन हो, जुन धेरै मजबूत छ ।
यसको एचडी प्लस स्क्रिनमा रहेको उज्यालोपना अनुकूल गर्ने विशेषताले बाहिरी र भित्री जुनसुकै अवस्था पनि उत्कृष्ट प्रदर्शन गर्दछ । एण्ड्रोइड १०, अक्टा–कोर प्रोसेसर र फिगंर प्रिन्ट सेन्सर जस्ता आधुनिक प्रविधिले गर्दा यो स्मार्टफोन ग्राहकहरुका लागि पूर्ण रुपमा सहयोगी सावित हुनेछ । मात्र एक बटन क्लिक वा आवाजको माध्यमबाट यो स्मार्टफोनमा गुगल असिसटेन्ट सहयोग लिन सकिन्छ, साथै गीत सुन्न र नयाँ समाचार हेर्न सकिन्छ ।
एच्.एम.डी. ग्लोवल प्यान एसिया का चिफ रवि कुवँर भन्छन्, “नोकिया सी सिरिजको नयाँ संस्करण को रुपमा नोकिया सी३ जसमा थप टेक्नोलोजिहरु विल्कुलै नयाँ एण्ड्रोइड १० र पछिल्तिर भएको फिंगर प्रिन्ट सेन्सर जुन सस्तो मूल्यको स्मार्टफोनमा एकदम राम्रो अप्सन हो, साथै राम्रो क्वालिटीको क्यामरा, लार्ज एचडी प्लस स्क्रीन, लामो समय टिक्ने व्याट्री, अक्टा–कोर प्रोसेसर र बलियो आकर्षक डिजाइन हरुले गर्दा पक्कै पनि प्रयोगकर्ताहलाई अर्को लेभलको एण्ड्रोइड स्मार्टफोन को अनुभव गराउने छ ।”
उत्कृष्ट डिस्प्ले तथा विश्वसनीय गुणस्तर सहित दिनभर टिक्ने व्याट्री
विश्वसनीय डिजाइन, दिनभर टिक्ने व्याट्री र ५.९९ इन्चको एचडी प्लस स्क्रिनले प्राय सबै कुरा समेट्दछ र यसले उज्यालो–अध्याँरो अनुकूलहुने गरी लाइट आफै मिलाउँदछ । ३०४० एम.एच् .निकाल्न मिल्ने व्याट्रीले दिनभरी उर्जा दिने भएकोले कार्य सम्पादन क्षमता बढाउँछ । अक्टा–कोर प्रोसेसरले स्पीड र कुशलता दिन्छ, जुन हरेक दिनको कामलाई आवश्यक पर्दछ । नोकिया ऋघ मा पोलिकार्वोनेटले बनेको कभरले डिजाइनलाई आकर्षक मात्र नभई झन बलियो र टिकाउ बनाएको छ।
विश्वासिलो क्वालिटीको साथमा गूगल असिसटेन्ट
नोकिया ऋघ को क्यामेराले यादगार क्षणहरु आकर्षक फोटो र भिडियोहरु हाई क्वालिटी मा कैद गर्दछ । यसमा पछाडितिर ८ एम्.पी. क्यामेरा र एल.इ.डी. फ्लास ले एच.डी.आर. फोटोग्राफी र फूल एच.डी. भिडियो दिन्छ तथा अगाडिको ५ एमपी क्यामेराले सेल्फि सजिलै खिच्दछ । यसमा कैद भएको मनमोहक र स्तरीय विषय वस्तुलाई साथीभाइहरुसँग शेयर वा आफ्नो सामाजिक संजालमा सजिलै हाल्न सकिन्छ । नोकिया सी३ मा भएको गुगल असिसटेन्ट बटनले दिनभरीको काम सहज पार्दछ । मौसम हेर्न होस् वा तारिख हेर्न सिर्फ एउटा बटन दवाउनुहोस् वा आफ्नो आवाजबाट तुरुन्तै प्रश्नको जवाफ पाउनुहोस् । यसमा बायोमेट्रिक फिगंरप्रिन्ट सेन्सर पद्धति रहेको छ जसले गर्दा फोन छिट्टै र सजिलै खोल्न मिल्ने कम्पनीको दाबी छ।
मूल्य र उपलब्धता
नोकिया सी३ नर्डिक ब्लू (निलो) रगं र २/१६ जिबि कन्फिग्रेसनमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य १२ हजार ४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ३० भाद्र २०७७, मंगलवार