स्मार्ट टेलिकमको सेवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयरपोर्ट काउन्टरबाट पाईने

  • Technology Khabar | ३० भाद्र २०७७, मंगलवार
स्मार्ट टेलिकमको सेवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयरपोर्ट काउन्टरबाट पाईने

काठमाडौं ।

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरपोर्ट काउन्टर सुचारु गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पाल्नुहुने हरेक महानुभावहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मिति भदौ ३० गतेदेखि यस विमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुचारु गरेको हो ।

कम्पनीका मार्केटिङ्ग प्रमुख तर्क भट्टकाअनुसार सो नयाँ काउन्टरमार्फत ग्राहकहरुले सरल ढंगमा सिम कार्ड तथा रिचार्ज कार्ड प्राप्त गर्नुका साथै अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टहरुको उपभोग गर्न सक्नेछन् ।

यस नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकवर्गहरुलाई स्मार्ट टेलिकमसँग जोडिन र यसका विशिष्ट सेवाहरु प्रयोग गर्न झन सहज हुने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...