Technology Khabar २९ भाद्र २०७७, सोमबार
काठमाडौं ।
नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै बजारमा “कुशल स्वास्थ्य असल पर्व” नामक योजना लिएर विभिन्न अफरहरु ल्याएको छ ।
यस योजनाअन्तर्गत सिजीले आफ्नो ग्राहक महानुभावहरुलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको महा नगद छुट र हात खाली नजाने पक्का उपहारहरु दिने भएको छ ।
सिजीको कुनैपनि एलईडी टिभीको खरिदमा ३० प्रतिशतसम्मको महा नगद छुट र ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र आकर्षक नगद छुट रहेको छ । डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको कम्पनीले उल्लेख गरेको छ।
यसरी नै अरु पनि विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको छ ।
यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नुहुनेछ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ ।
यो योजना सिजीले यहि भदौ २९ गतेदेखि नेपालभरि सिमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २९ भाद्र २०७७, सोमबार