अनलाइन कक्षाका लागि विद्यालय तथा विद्यार्थीहरुलाई निशुल्क इन्टरनेटको व्यवस्था गरिँदै

  • Technology Khabar | २६ भाद्र २०७७, शुक्रबार
अनलाइन कक्षाका लागि विद्यालय तथा विद्यार्थीहरुलाई निशुल्क इन्टरनेटको व्यवस्था गरिँदै

काठमाडौं ।

सरकारले विद्यालय तथा विद्यार्थीहरुका लागि आगामी असोजबाट उपलब्ध हुनेगरि निशुल्क इन्टरनेटको व्यवस्था गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ।

मन्त्रालयले हालै जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’को आधारमा रहेर दूरसञ्चार सेवा प्रदायकहरुबाट शैक्षिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी निशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई इन्टरनेट निशुल्क उपलब्ध गराउन लागेको हो।

मन्त्रिपरिषद बैठकले भदौ १९ गते विद्यार्थी सिकाई सहजिकरण निर्देशिका पारित गरेको थियो ।

‘नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनको लागि मात्र हुने गरी निशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई निशुल्क उपलब्ध गराउने’ निर्देशिकामा शिक्षा मन्त्रालयको भूमिका अन्तरगत भनिएको छ ।

निर्देशिका असोज १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने छ भने मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवालालाई निर्देशन दिइसकेको छ।

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २६ भाद्र २०७७, शुक्रबार