Technology Khabar २६ भाद्र २०७७, शुक्रबार
काठमाडौं ।
मोटोरोलाले नयाँ फोल्डेबल स्मार्टफोन रेजर ५जी नयाँ डिजाइन र एडभान्स सुविधाहरूको साथ लन्च गरेको छ। यो गत बर्षको मोटोरोला रेजरको अपग्रेड संस्करण हो।
नयाँ मोडल ६.२ इन्चको प्लास्टिक ओएलईडी मुख्य डिस्प्ले र ४८ मेगापिक्सलको मुख्य क्यामरा सेन्सरको साथ आउँदछ। फोनमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ७६५ ५जी प्रोसेसर राखिएको छ, जसले यसमा ५जी कनेक्टिभिटी थप्न मद्दत गर्दछ।
हाल कम्पनीले यसलाई एकल र्याम र स्टोरेज भेरियन्टमा तथा तीन रंग विकल्पसहित बजारमा सार्वजनिक गरेको छ। यसमा २८०० एमएएच ब्याट्री छ, जुन फास्ट चार्जिंग सपोर्टको साथ आउँछ।
नयाँ रेजरले अपडेट गरिएको हिन्ज डिजाइन प्रस्तुत गर्दछ जुन जीरो ग्याप क्लोजर प्रदान गर्दछ । कम्पनीले दावी गरेअनुसार यसले फोनको आन्तरिक डिस्प्लेलाई संरक्षण गर्दछ र फोल्ड हुँदा थप कम्प्याक्ट देखिनेछ।
कम्पनीको दाबी छ कि यसको स्क्रिन दुई लाख पटक खुल्दा र बन्द भए पछि पनि सुरक्षित रहनेछ।

फोनमा २.७ इन्चको सेकेण्डरी डिस्प्ले समेत राखिएको छ । यसमा ८ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहेको छ ।
सेल्फी र भिडियो कलहरूका लागि मोटोरोला रेजर ५जीमा २० मेगापिक्सलको सेल्फी क्यामेरा छ। यो प्राइमरी फोल्डेबल स्क्रिन माथि एक नोच भित्र राखिएको छ।
मोटोरोलाकाअनुसार यसको बजार मूल्य १३९९ अमेरिकी डलर तोकिएको छ । एजेन्सी
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार