अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- टिकटक एप बेच्ने समय अब थप हुँदैन्

  • Technology Khabar | २६ भाद्र २०७७, शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- टिकटक एप बेच्ने समय अब थप हुँदैन्

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ कम्पनी बाइटडान्सलाई आफ्नो टिकटक एप बेच्ने समय थप नदिने बताएका छन् ।

उनले छोटो भिडियो शेयरिंग एप टिकटकको अमेरिकी सम्पत्ति बेच्नका लागि अन्तिम म्याद तय गरेको बताएका हुन।

‘यो कि त बन्द गरीनेछ वा तिनीहरूले यसलाई बेच्नेछन्,’ ट्रम्पले पत्रकारहरूलाई भने, ‘टिकटकको लागि म्यादको कुनै विस्तार हुने छैन।’

बाइटडान्सले टिकटक बेच्नका लागि खरीददार छनौट गरिरहेको छ त्यसैले यो सेप्टेम्बरको बीचमा सम्झौतालाई अन्तिमरूप दिन र टिकटकको सम्पत्ति डाइभेस्ट गर्न ट्रम्पको आदेशको पालना गर्न सक्छ।

टिकटक नृत्य तथा गितसंगित गर्न मनपराउने व्यक्तिहरूको भिडियोहरूको लागि सबैभन्दा राम्ररी चिनिन्छ, जुन किशोरहरूमाझ निकै भाइरल छ।

तर अमेरिकी अधिकारीहरूले प्लेटफर्म प्रयोग गर्नेहरूको जानकारी बेइजिगमा पुर्‍याउने चिन्ता व्यक्त गरेका छन।

उताटिकटकले भने यसले चिनियाँ अधिकारीहरुसँग प्रयोगकर्ताको डाटा साझा गर्ने कुनै पनि अनुरोधको अनुपालन नगर्ने बताउँदै आएको छ।

टिकटकको अमेरिकी व्यवसाय बिक्री गर्न यसअघि देखि नै माइक्रोसफ्टका साथमा वालमार्ट र अर्कोतर्फ ओर्याकल छलफलमा रहेका छन् । तर कुनैसँग पनि ठोस निर्णय हुन सकेको छैन् । एजेन्सीका साथ

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार