फेवा बजार डटकमबाट बिनाधितो किस्ताबन्दीमा सामान खरिद गर्न सकिने

Technology Khabar २५ भाद्र २०७७, बिहीबार

काठमाडौं ।

पोखरामा आधारित रहेको ईकमर्स कम्पनी फेवा बजार डटकमले बिनाधितो किस्ताबन्दीमा सामानहरु खरिद गर्न मिल्ने सुविधा ल्याएको छ।

दैनिक उपभोग्य सामाग्री घरसम्मै पुर्‍याउँदै आएको कम्पनीले हाल माछापुच्छ्र्रे बैंक, प्रभु बैंक र सनराइज बैंकसँगको सहकार्यमा नयाँ योजना ल्याएको हो ।

योजनाअन्तर्गत उपभोक्ताले ५ लाख रुपैयाँ मूल्यसम्मको सामान उधारोमा किन्न पाउनेछन् भने शुन्य ब्याजदरमा मासिक रूपमा किस्ता तिर्न सकिने जानकारी दिएको छ ।

योजना हाल विद्यार्थी, शिक्षक/शिक्षिका, पेशेवर र व्यवसाय सञ्चालकहरुलाई लक्षित गरी ल्याइएको हो ।

काठमाडौंमा समेत कार्यालय राखेको फेवा बजारले देशका विभिन्न सहरहरुमा ११ वटा आउटलेट पनि सञ्चालन ल्याएको छ । फेवाबजारले आफूलाई किस्ताबन्दीमा रकम तिर्न सकिने प्रणाली अपनाएर सामग्री उपलब्ध गराउने नेपालको पहिलो ईकमर्स कम्पनी भएको दाबी गर्दै आएको छ ।

फेवा बजारमा विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस एण्ड आउट डुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला/साहित्यका पुस्तक लगायतका सामाग्रीहरू उपलब्ध रहेको जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया