अश्लील क्लिप मन पराइएपछि बेलायतस्थित चिनियाँ दूतावासद्धारा ट्विटरलाई जाँचको आह्वान

  • Technology Khabar | २५ भाद्र २०७७, बिहीबार
अश्लील क्लिप मन पराइएपछि बेलायतस्थित चिनियाँ दूतावासद्धारा ट्विटरलाई जाँचको आह्वान

काठमाडौं ।

बेलायतस्थित चीनका राजदूतले आफ्नो आधिकारीक ट्विटर एकाउन्टबाट ‘पोर्न क्लिप’ लाइक गरेकोमा छानबिन गर्न भनेको छ ।

दूतावासले ट्विटरलाई ‘विस्तृत छानबिन गर्न’ आग्रह गरेको हो जसमा उसको राजदूतको आधिकारिक एकाउन्टले अश्‍लील क्लिप मनपराएको थियो।

त्यसैगरि लियू सियामिंगको ट्विटर एकाउन्टले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गर्ने र आँखामा पट्टी बाँधिएको यूगर्सलाई पक्राउ गरिएको देखाइएको पोष्टहरू समेत मन पराएको थियो ।

अधिकारीहरूले दावी गरे अनुसार चिनियाँ विरोधी तत्वहरूले लियुको खातामा क्रुर रूपमा आक्रमण गरेका थिए र उनीहरुले जनतालाई ठग्न ‘रचना गरिएको’ घृणास्पद षडयन्त्र बुनेका थिए।

यस विषयमा ट्विटरले अझै टिप्पणी गरेको छैन।

सो एकाउन्टको गतिविधि पहिलोपल्ट ध्यानाकर्षित भयो जतिबेलाएकाउन्टले एक १० सेकेन्डको पोर्न भिडियो मनपरायो । जून भिडियो एउटा एडल्ट पेजद्वारा चिनियाँ भाषा वर्णन सहित क्लिपहरू सहित पोष्ट गरिएको थियो।

लन्डनमा आधारित एक मानव अधिकार अभियानकर्ताले प्रमाणको रूपमा स्क्रिनसटको साथपछि अन्य ट्विटर प्रयोगकर्ताहरूबिच यसलाई फ्ल्याग्ड गरेका थिए ।

जसले सो एकाउन्ट नियन्त्रण गर्दै थियो त्यसले पछि सो क्लिप अनलाइक्ड गरेको थियो । बीबीसी

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...