Technology Khabar २५ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
लगभग सबै स्मार्टफोन कम्पनीहरुले ग्याजेट उत्पादनमा हात हालिरहेका छन् । यसै सिलसिलामा भिभो अर्को कम्पनी हो जसले स्मार्टवाचको संसारमा कदम राख्ने योजना गरेको छ।
भिभोका आउँदो घडीहरूका केही जोडी फोटोहरू हालै चिनियाँ सामाजिक संजाल वेबोमा सार्वजनिक भएका छन् । जसमा स्मार्टवाचका केही प्रमुख विशेषताहरु र स्पेसिफिकेसनहरु उल्लेख छ।

भिभोको स्मार्टवाच गोलाकार आकारमा आउनेछ र यो ४२ एमएम र ४६ एमएममा सार्वजनिक हुनेछ । दुबै साइजका स्मार्टवाचमा परिवर्तन गर्नसकिने स्ट्राप प्रयोग गर्नसकिने सुबिधा रहेको देखिन्छ।
तिनीहरू आफ्नै प्लेटफर्ममा संचालन हुनसक्नेछन र एक पटकको चार्जमा १८ दिनसम्म चल्नेछ ।
यसमा एमोलेड डिस्प्ले राखिनेछ भने स्टेलनेस स्टील बडी हुनेछ । यस घडीले ५एटीएम वाटरप्रूफ रेटिंग, क्यालोरी पत्ता लगाउने, मुटुको दर, रगतमा अक्सिजन पत्ता लगाउने, जोभी भ्वाइस असिस्टेन्ट, मल्टिफंक्शन एनएफसी र मोबाइल भुक्तान कार्य सपोर्ट गर्दछ।
गत फेब्रुअरीमा भिभोले युरोपेली नियमनकारी निकायमा भिभो स्मार्टवाचको लागि पेटेन्ट दर्ता गरेको थियो ।
कम्पनीको यो स्मार्टफोन बजारमा ९९९ चिनियाँ यूआन (१५० अमेरिकी डलर अर्थात करिब १८ हजार रुपैयाँ) मूल्यमा आउने र सेप्टेम्बर २२ मा लन्च हुने बताईएको छ । एजेन्सी
प्रकाशित: २५ भाद्र २०७७, बिहीबार