शाओमीले दुईवटा पप-अप क्यामरा भएको स्मार्टफोन ल्याउन सक्ने, दर्ता भयो नयाँ पेटेन्ट

  • Technology Khabar | २५ भाद्र २०७७, बिहीबार
शाओमीले दुईवटा पप-अप क्यामरा भएको स्मार्टफोन ल्याउन सक्ने, दर्ता भयो नयाँ पेटेन्ट

काठमाडौं ।

शाओमीले दुई वटा पप-अप क्यामरा भएको स्मार्टफोनको पेटेन्ट खर्ता गरेको छ।

अहिले बजारमा भएका सेल्फी क्यामराका कारण डिस्प्लेमा असहज महसुस गरिरहेका ग्राहकका लागि उसले दुईवटा पप-अप क्यामरा भएको फोनको पेटेन्ट दर्ता गराएर उत्पादनमा जाने भएको हो।

नयाँ-नयाँ दर्ता गरिएका पेटेन्टमा के अनौठा र चाखलाग्दा कुराहरु छन् भनी अनुसन्धान गर्ने लेट्स गो डिजिटल नामक वेबसाइटले यो नयाँ पेटेन्टका बारेमा खुलासा गरेको हो।

चीनको स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफ चाइनाको आधिकारिक वेबसाइटमा नयाँ पेटेन्ट दर्ता गरिएको स्मार्टफोनको यस्तो फोटो भेटिएको हो। यसबाट कम्पनीले अगाडि र पछाडि नै क्यामरा नराखेको फुल स्क्रीन स्मार्टफोन बजारमा ल्याउने चाहना राखेको बुझ्न सकिन्छ।

दुई वटा खगाडि र द्ईवटा पछाडि गरी क्यामराको ४ वटा सेन्सर फोनको माथिल्लो भागमा राखिएको छ। यी दुवै क्यामरा सोझो पप-अप नभइ एक अर्काको विपरित ढल्किएका हिसाबले पप-अप हुनेछन्। यसलाई स्मार्टफोन बनाउने इन्जिनीयरहरुको अहिलेसम्मको दिक्दारीलाई हटाउने प्रयासका रुपमा लिइएको छ।

एलईडी फ्ल्याश भने क्यामरामा नअटेकाले फोनको पछाडि भागमा राखिएको छ।

शाओमीले पछिल्लो महिना आफ्नो फ्ल्यागशिप एम आई १० अल्ट्रा र रेड मी के३० अल्ट्राका साथै ट्रान्सप्यारेन्ट टिभीसहित अन्य धेरै उत्पादनहरु सार्वजनिक गरेको थियो। एजेन्सी

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २५ भाद्र २०७७, बिहीबार