
काठमाडौं ।
ह्वावेको डेभलपर सम्मेलन यहि सेप्टेम्बर १० मा सुरु हुनेछ र सो समयमा सफ्टवेयरमा फोकसको साथ निर्माता कम्पनीबाट ठूला घोषणाहरू हुने आशा गरिएको छ ।
तर यसअघि नै ह्वावेका डिभाइसहरुको बारेमा नयाँ जानकारीहरु बाहिर आएका छन् ।
लीकर टेमजसले ह्वावेका बारेमा जानकारीहरु सार्वजनिक गर्दै आएका छन्, उनकाअनुसार यस वर्ष ह्वावेको हार्मोनी (होङ्गमेङ्ग) ओएसमा आधारित हाईइण्ड ट्याब्लेटहरू प्रयोग गर्न सकिनेछ। सो जानकारीअनुसार यहि वर्ष कम्पनीले नयाँ ट्याबलेटहरु आफ्नै अपरेटिंग सिस्टममा आधारित रहेर ल्याउन सक्नेछ ।
यसको अर्थ छानिएका ट्याब्लेटहरूमा प्रयोगकर्ताहरुले नयाँ अपरेटिंग प्रणाली चलाउन र परीक्षण गर्न सक्षम हुनेमात्र होईन कि तिनीहरूले वास्तवमै यसलाई प्रयोगमा नै ल्याउन सक्नेछन् ।
You can try HongMengOS high-end tablets this year????
This year there is no more hole punch but bezels are still ultra narrow.— Teme (特米)????|???????????????? (@RODENT950) September 6, 2020
नयाँ ट्याबलेटहरु यसअघिको मेट प्याड प्रो र मेट प्याड प्रो ५जीको सक्सेसरको रुपमा आउनेछन् । तर यी ट्याबलेटहरुमा पन्चहोल डिजाइन हुनेछैन भने बेजेलहरु साँघुरो हुनेछ ।
यसबाहेक कम्पनीको नयाँ ओएसमा आधारित स्मार्टफोन भने यो वर्ष नआउने बताईएको छ । हार्मोनी ओएस ३.० मोबाइलका लागि उपयुक्त हुनेछ र ती डिभाइसहरु सन् २०२१ को दोस्रो त्रैमासमा आउने बताईएको छ ।
ह्वावेले यसअघि नै हार्मोनी ओएस २.० को लागि डेभलपर कन्फ्रेन्स घोषणा गरिसकेको छ र यसमा पनि नयाँ घोषणाहरु हुनेछ तर त्यसको लागि केहि दिन कुर्नै पर्ने हुन्छ । एजेन्सीका साथ
प्रकाशित: २२ भाद्र २०७७, सोमबार