
काठमाडौं ।
अमेरिकासँगको विवाद र प्रतिबन्धले चिनियाँ टेक कम्पनी ह्वावेले युरोपेली फोन बजारमा थप लगानी गर्दै, दशकभित्र मार्केट लिडर बन्ने योजनालाई युरोपको बजारमा समेत बिक्रीमा असर पारेको छ । अझ यो समस्या सबैभन्दा धेरै बेलायत र फ्रान्समा रहेको छ ।
ती देशहरुले आफ्ना टेलिकम अपरेटरहरुलाई चिनियाँ उत्पादनको सामाग्रीहरु प्रयोगबाट टाढै बस्न भनेको छ ।
तर यसका बाबजुद पनि ह्वावे कम्पनीले युरोपमा आफ्नो लगानी बढाउँदै जाने योजना लिएको छ ।
जर्मनीमा जारी आईएफए २०२० को अवसर पारेर ह्वावेका युरोपेली कन्जुमर बिजनेस ग्रुपका प्रमुख वाल्टर जी ले युरोपेली बजारमा कम्पनीको भूमिकाको बारेमा बताएका छन् ।
उनले युरोपमा ह्वावेले प्रत्यक्ष १४ हजारलाई रोजगारी दिएको बताएका छन भने विभिन्न २३ वटा अनुसन्धान साइटहरुमा २ लाख जनाले अप्रत्यक्ष रोजगारी पाएको स्पष्ट पारे । सन् २०१९ मा ह्वावे युरोपेली युनियनमा अनुसन्धान केन्द्रमा लगानी गर्नेमध्ये ५ औं प्रमुख कम्पनी थियो ।

यसका साथै कम्पनीले फ्रान्स, स्पेन, बेल्जियम, इटाली, जर्मनी र बेलायतमा अफलाईन स्टोर बिस्तार गर्ने योजना समेत लिएको छ ।
उनले ह्वावे एपग्यालरी विश्वमा तेस्रो ठूलो एप मार्केटप्लेस भएको भन्दै त्यसमा दैनिक ५ हजार भन्दा बढि एप्स थपिरहेको बताए ।
वाल्टर जीले ह्वावेको लागि युरोप प्रमुख बजार भएको भन्दै आगामी दशकमा मार्केट लिडर बन्ने योजना रहेको जानकारी दिए । एजेन्सी
प्रकाशित: २१ भाद्र २०७७, आईतवार