
काठमाडौं ।
भदौ १८ गते जिल्ला प्रशासन कार्याल काठमाडौले जारी गरेको ‘निषेध आदेशको समयमा अत्यावश्यक बस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड २०७७’ का सम्बन्धमा ‘नेपाल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरम’को आधिकारिक धारणा-
जिल्ला प्रशासन कार्याल काठमाडौले भदौ १८ गते केहि ढिलै गरेर भए पनि ‘निषेध आदेशको समयमा अत्यावश्यक बस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड २०७७’ जारी गरेकोमा हामी धन्यवाद सहित खुसी व्यक्त गर्दछौं।
मापदण्ड बनाएर मार्गप्रसस्त गर्नु राम्रो हो तर उक्त मापदण्डका केही बुँदा सम्सोधन सहित लागू गर्नुपर्ने हाम्रो ठम्याइ छ।
जनताको प्रत्यक्ष सेवामा रहेका सुरक्षाकर्मीलाई पिपिई समेत अनिवार्य नगरिएको तर मा डिजिटल कारोबार र सामाजिक दुरि कायम गरि गरिने डेलिभरीका कर्मचारीलाई बँदा नं २ (ढ) मा पिसिआर रिपोर्ट अनिवार्य गराइएको छ जुन न्यायोचित छैन। तर जोखिम भएको अवस्था, रोगको लक्षण भएमा र कन्ट्याक्ट् ट्रेसिङ अन्तर्गत आवस्यकता भएको अवस्थामा कर्मचारीको पिसिआर जाँच गर्न हामी सदैव सकारात्मक छौं र गर्दै पनि आएका छौँ।
बुँदा नं २ (ठ) मा डेलिभरीको समय दिउँसो १ बजे देखि सँझ ७ बजे सम्म सिमित गरिएको छ।अत्यावश्यक बस्तुको डेलिभरी बिहान ५ बजे देखि बेलुकी ९ बजे सम्म निर्बाध संचालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्याउन हाम्रो माग रहँदै आएको छ।
हाल स्कुल देखि विश्वबिद्यालय बन्द भै विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेसनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरि निर्वाध डेलिभरीको बाताबरण बनाउनु पर्ने हाम्रो माग छ।
प्रायजसो कार्यालयका कर्मचारी घरैमा बसेर काम गरिरहेको सन्दर्भमा इलेक्ट्रोनिक्स एवम इलेक्ट्रिकल लगायतका घरायासी सामग्रीको समेत सुरक्षीत डेलिभरी गरि उपभोक्तालाई सुबिधा दिन र अर्थतन्त्रमा टेवा पुर्याउने बाताबरण बनाउन हाम्रो अनुरोध छ।
यस संस्थाले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीमा समेत होम डेलिभरी सहज बनाइदिन ज्ञापन पत्र दिएको छ। हाम्रो अनुरोधलाई सकारात्मक लिइ जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीले होम डेलिभरी सहज बाताबरण बनाउन सहयोग गर्ने कुरामा हामी आशावादी छौँ।
स्वास्थ मन्त्रालयले बालबालिका र ६० बर्ष नाघेका र १२ बर्ष मुनिका ब्याक्ती घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समुहका ब्याक्ती किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका ब्याक्तीलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्न सक्छ। कन्ट्याक्ट् ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेट भन्दा कम समयमा भौतिक दुरि कायम गरि डेलिभरी गरिने कारण ई कमर्स सुरक्षीत छ भन्ने कुरा बुझ्नु आवस्यक छ। यो परिस्थितिमा ई कमर्स कम्पनीले बिजनेस बढाउन भन्दा भिडभाड कम गरि कोनोना नियन्त्रणमा जोड दिएको प्रष्ट पार्दछौं।
यसअघि भदौ ११ गते ई-कमर्स कम्पनिका सन्चालक र होम डेलिभरीका कर्मचारी गरि ९९ जना प्रहरी नियन्त्रणमा परेपछी नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। सो माग बमोजिम भदौ १४ गते सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौको सम्योजकत्वमा बाणिज्य बिभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरिको एक/एक जना अधिकृत प्रतिनिधि सहितको समिती बन्यो जसको जिम्मेवारी होम डेलिभरीको मापदण्ड बनाउनु थियो।
सागर देव भट्ट
अध्यक्ष
नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरम
२०७७ भदौ १८
यो पनि हेर्नुस्-
उपत्यकामा अनलाइन र होम डेलिभरी सेवा शुरु, पहिलो पटक जारी मापदण्ड यस्तो छ
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार