Technology Khabar १८ भाद्र २०७७, बिहीबार
काठमाडौं ।
स्मार्टफोन किन्ने समयमा मानिसहरुलाई फोनको रंग छनौट गर्न निकै मुस्किल हुने गर्दछ । कतिपय अवस्थामा आफूलाई मन परेको कलर अप्सन उपलब्ध नहुने समस्या हुन्छ ।
तर यदि तपाईँले भनेअनुसारकै कलरमा फोन आउने भयो भने ग्राहकलाई थप उत्साहित पार्दछ । हालै एक स्मार्टफोन ब्राण्डले आफ्नो फोनको ब्याक कभरलाई परिवर्तन गर्न सकिने गरि ल्याउने तयारी गरेको छ ।
हालै स्मार्टफोनहरुको जानकारी लीक गर्ने लीक्सटर आईस यूनिभर्सले ट्विटरमा एक भिडियो राखेका छन जसमा नयाँ स्मार्टफोनको बारेमा जानकारी दिईएको छ र यसको ब्याक प्यानलको रंग निरन्तर परिवर्तन हुनसक्दछ ।
A mobile phone brand is developing a mobile phone with a discoloration rear case, which can adjust the speed of discoloration. Maybe the smart phone will only have one color in the future: discoloration pic.twitter.com/kSg5NSD0tL
— ICE UNIVERSE (@UniverseIce) September 3, 2020
रंग बदलिनसक्ने स्मार्टफोन कुन ब्राण्डको हो भन्ने बाहिर आएको छैन तर यो डिजाइनको मामलामा निकै अनौठो हुनेछ ।
यसमा ब्याक प्यानलको रंग परिवर्तन गर्न सकिने सुबिधाअन्तरगत प्रयोगकर्ताले त्यसको गति समेत तय गर्न सक्नेछन् ।
भिडियोमा ब्याक प्यानलमात्र देखाईएको हुँदा र त्यसको रियर क्यामरा मोडुल समेत छोपिएको हुँदा कुन ब्राण्ड हो भन्ने जानकारी छैन् । तर हल्लाहरुका अनुसार चिनियाँ जेडटिईको सब ब्राण्ड नूबियाले यस्तो अनौठो प्रविधियुक्त स्मार्टफोन विकास गरिरहेको बताईएको छ । एजेन्सीका साथ
प्रकाशित: १८ भाद्र २०७७, बिहीबार