फेसबुकका भारत प्रमुख अजीत मोहनसँग भारतको संसदिय समितिमा २ घण्टा सोधपुछ

  • Technology Khabar | १८ भाद्र २०७७, बिहीबार
फेसबुकका भारत प्रमुख अजीत मोहनसँग भारतको संसदिय समितिमा २ घण्टा सोधपुछ

काठमाडौं ।

भारतमा गत चुनावताका फेसबुकले गरेको भनिएको भेदभावको विषयलाई लिएर भारतको संसदिय समितिले सोशल मिडिया प्लेटफर्म फेसबुक इण्डिया प्रमुख अजीत मोहनसँग बुधवार एक संसदिय समितिले दुई घण्टा सोधपुछ गरेको छ।

सूचना प्रविधि संसदीय स्थायी समितिका अध्यक्ष शशि थरुरले सो बैठक सकिनुभन्दा पहिले साढ़े तीन घण्टा छलफल भएको जानकारी दिएका छन् ।

उनले आफ्नो ट्वीटमा यो पनि लेखेका थिए कि मिडियालागि यो मिटिङ्ग जबरदस्त रुचिकर भयो।

सूचना प्रविधिको संसदीय स्थायी समितिले फेसबुकका प्रतिनिधिहरू लगायत छलफललाई फेरि सुरु गर्न सर्वसम्मतिले सहमति जनाएको थियो। स्थायी समितिका अध्यक्ष कांग्रेस नेता शशि थरुरले ट्वीट गरी यो जानकारी दिएका हुन् ।

फेसबुकको बारेमा भारतका सत्तारुढ दल र विपक्षी पार्टीबिच यस बारेमा निकै आरोप प्रत्यारोप भईरहेको छ । सोशल मिडिया प्लेटफर्मको गलत दुरुपयोगको बारेमा छलफल गर्न संसदको कमिटीले बुधबार बैठक गरेको थियो।

यसअघि मंगलबार सूचना तथा प्रविधि मन्त्री रविशंकर प्रसादले फेसबुकका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र लेखेका थिए।

वरिष्ठ कांग्रेस नेता शशि थरूरको अध्यक्षतामा सूचना प्रविधि स्थायी समितिले फेसबुकका प्रतिनिधिहरुलाई बोलायो र नागरिक अधिकारको रक्षा तथा सोशल मिडिया प्लेटफर्मको कथित दुरुपयोगको विषयमा आफ्नो राय व्यक्त गरेको थियो । एजेन्सी

प्रकाशित: १८ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार