भिडियो कन्फ्रेन्सिङ्ग सेवाको प्रयोग दैनिक बढेसँगै जूमको आम्दानीमा उच्च वृद्धि

  • Technology Khabar | १६ भाद्र २०७७, मंगलवार
भिडियो कन्फ्रेन्सिङ्ग सेवाको प्रयोग दैनिक बढेसँगै जूमको आम्दानीमा उच्च वृद्धि

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग सेवा प्रदायक कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकको आफ्नो त्रैमासिक आम्दानीको अनुमान भन्दा उच्च वृद्धि भएको छ ।

कम्पनीले सोमबार त्रैमासिक अनुमानलाई आरामसँग पार गर्दै वार्षिक राजस्व पूर्वानुमान ३० प्रतिशत भन्दा बढी भएको जानकारी दिएको हो ।
कम्पनीले आफ्नो ठुलो मात्रामा रहेका निशुल्क प्रयोगकर्ता आधारलाई सशुल्क सेवा सदस्यतामा रूपान्तरण गरेको छ।

जूमको सेयरहरू यस बर्ष लगभग चार गुणा बढेर हाल ३५५ डलर प्रति कित्तासम्म पुगेको थियो ।

भिडियो-कन्फरेन्सिङ्ग प्लेटफर्महरू प्रायः व्यक्तिगत बैठकहरूको लागि एउटा टेक्नोलोजीक विकल्पको रूपमा प्रयोग गरिएको छ ।

यो यस वर्ष कोरोनाभाइरस प्रतिबन्ध अन्तर्गत घरमा नै बस्न बाध्य भएका व्यक्तिहरूको लागि दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा भयो । अहिले कामका लागि होस् वा स्कूल वा सामाजिकरणको लागि, जूम सबैभन्दा धेरै प्रयोग हुने गरेको छ ।

जूम प्रतिद्वन्द्वीहरू जस्तै माइक्रोसफ्ट कर्पको टिम्स र सिस्को प्रणाली इंकको वेबेक्सले पनि बढ्दो प्रयोग देखेको छ।

जूमकाअनुसार कम्पनीले यो त्रैमासमा ६६३‍.५ मिलियन डलर कमाएको छ जबकी विश्लेषकहरुले ५००.५ मिलियन डलर कमाउने प्रक्षेपण गरेका थिए । एजेन्सीका साथ

प्रकाशित: १६ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार