काठमाडौं ।
सामसङले मोबाइल उपकरणहरूको लागि संसारको पहिलो १६ जीबी डिडिआर५ डिर्यामको उत्पादन शुरु गरेको घोषणा गरेको छ। कम्पनीले यसको बृहत उत्पादन आफ्नो कोरियामा भएको सेमी कन्डक्टर प्लान्टबाट शुरु गरेको घोषणा गरेको हो।
ईयूभी टेक्नोलोजीमा आधारित तेस्रो जेनेरेसन १० नानोमिटर १जेड प्रक्रिया प्रयोग गर्ने यो पहिलो र्याम हो।
यसले सामसङलाई चिप्सको मोटाईलाई ३० प्रतिशतले कम बनाउन सक्ने अनुमति दिएको छ।
नयाँ १६ जीबी एलपीडीडीआर५ डिर्याम मेमोरीलाई केवल आठ चिप्स चाहिन्छ जबकि पहिले, आठ चिप्सलाई १२ जीबी प्याकेज बनाउन आवश्यक पर्दथ्यो।
यसको मतलब यो हो कि पातलो भए पनि, नयाँ जेनरेशनको डिर्यामले अधिक क्षमता पनि प्याक गर्दछ।
‘१६जीबी एलपीडीडीआर५ डिर्याम आगामी पुस्ताको स्मार्टफोनहरुमा ५जी र एआईको पुरै लाभ उठाउनका लागि सहयोगी हुनेछ, सामसङले भनेको छ ।
यो नयाँ १६ जीबी र्यामले प्रदर्शन को सर्तमा १२ जीबी एपिडिडिआर र्यामको तुलनामा १६ प्रतिशत अधिक कार्य गर्न सक्दछ ।
यसले ६,४०० मेगाबिट्स प्रति सेकेण्डको दरमा डाटा ट्रान्सफर गर्न सकिन्छ भने यसमा १० वटा ५जीबी क्षमताका फूल एचडी सिनेमा केबल १ सेकेण्डमा सार्न सक्दछ।
सामसङका अनुसार नयाँ १६ जीबीको एलपीडीडीआर र्याम कम्पनीले आफ्नो नयाँ निर्माण प्रक्रियाको साथ २०२१ को फ्ल्यागशिप फोनमा उपस्थितिलाई सुदृढ पार्न कोशिस गर्नेछ। एजेन्सीका साथ
*हेडलाइन सम्पादन
प्रकाशित: १६ भाद्र २०७७, मंगलवार