निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक

  • Technology Khabar | १४ भाद्र २०७७, आईतवार
निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक

काठमाडौं ।

भारतीय ह्याकर समूहले बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरेका छन् ।

‘ह्यारी_१३३७’ नामक ह्याकरद्वारा नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरिएको हो।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै नेपाल प्रेस युनियनको वेबसाइट ह्याक गरेको जनाएको छ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

यसअघि पनि सोही समूहले सर्वोच्च अदालत बार एसोसिएसनको वेबसाइट ह्याक गरेको थियो भने त्यसअघि पनि महिला विकास मन्चको वेबसाइट ह्याक गरेको थियो ।

नेपाली वेबसाइटहरु कमजोर हुँदा बेला बेलामा ह्याकरहरुले ह्याक गर्ने र डाटा चोर्ने गर्दै आएका छन् ।

प्रकाशित: १४ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार