अरुको ट्वीट नक्कल गर्दै आफ्नो बनाएर ट्वीट गर्नुहुन्छ ? त्यसोभए ट्विटरको नयाँ नीति बारे ध्यान दिनुस्

Technology Khabar १४ भाद्र २०७७, आईतवार

काठमाडौं ।

माइक्रोब्लगिंग वेबसाइट ट्विटरले आफ्नो प्लेटफर्मबाट ‘कपिपेस्ट’ गरिएका ट्वीटहरू नदेखाउने घोषणा गरेको छ।

कम्पनीले ‘कपिपास्ता’ (Copypasta) भनिने त्यस्ता ट्वीटहरुलाई कारबाही स्वरुप नदेखिने/लुकाउने वा सिमित गरिदिने बताएको हो।

कपी पास्ता ट्वीटहरू ती हुन् जुन कुनै पनि परिवर्तन बिना स्रोतबाट प्रतिलिपि गरी पोस्ट गरिएका हुन्छन्। अर्थात यस्ता ट्वीट गर्ने मानिसको बारेमा जानकारी नै नदिई आफ्नो जस्तो पारेर अर्कोले चोरेर ट्वीट गरेको खण्डमा त्यस्ता ट्वीटहरुलाई लुकाउने भएको हो ।

ट्विटर कम्सले आफ्नो ट्वीटमा भन्यो- ‘कपिपास्ता’ वृद्धि भएको छ, जहाँ कयौं एकाउन्टहरुबाट प्रतिलिपि, टाँस र कन्टेन्टहरुलाई हुबहु सारिएको छ । यदि त्यस्तो गतिविधि प्लेटफर्ममा फेला पर्‍यो भने ती ट्वीटहरूको दृश्यता (भिजिबिलिटी) कम हुनेछ।’

ट्विटरले भर्खरै आफ्नो सेन्सरशीप नीति अपडेट गरेको छ, जसमा ‘कपिपास्ता’ ट्वीटहरूलाई समेत थप गरिएको छ। कपिपास्टा एक प्रकारको अनलाइन स्लाग हो जुन ‘डुप्लिकेट टेक्स्ट’को लागि प्रयोग गरिन्छ।

यसको साथ ट्विटरले मोबाइल अनुप्रयोगमा एक सुविधा पनि ल्याएको छ, जहाँबाट प्रयोगकर्ताहरूले उनीहरूको ट्वीटहरू प्रतिलिपि गर्ने विकल्पलाई बन्द गर्न सक्छन्। यसैबिच कम्पनीले भर्खर ‘रिट्वीट विद कोट’ फीचर पनि जारी गरेको छ।

https://twitter.com/TwitterComms/status/1298810494648688641

कोपाइपास्टा ट्वीट प्राय स्पामिङ्ग र कुनै पनि अभियानको लागि प्रयोग गरिन्छ। प्रायः तपाईंले देख्नु भएको होला कि हजारौं एकाउन्टहरूले उही तरीकाले ट्वीट गर्ने गर्दछन्। यो सबै ट्रेण्डिङ्ग तथा एक खास व्यक्ति वा संगठनलाई लक्षितको गरेर गरिएको हुन्छ।

ट्विटरले ‘कपिपस्ता’ ट्वीट्समा पहिले कारबाही गर्दै आएको छ, तर यो पहिलो पटक हो कि यस सम्बन्धमा नीति नै जारी गरिएको छ।

ट्विटरका सीईओ ज्याक डोर्सीले भर्खरै वायर्डलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए कि ट्वीटरले कुनै ट्वीटमा भएको लिंकमा कति पटक कपी गरिएको छ भन्ने कुरा पनि ट्र्याक गर्न सक्छ। एजेन्सीका साथ

प्रकाशित: १४ भाद्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया