देशभरका स्थानीय निकायका वेबसाइटहरु ‘डाउन’, अपडेट गरिरहेको एनआइटिसीको भनाई

Technology Khabar १३ भाद्र २०७७, शनिबार

देशभरका स्थानीय निकायका वेबसाइटहरु ‘डाउन’, अपडेट गरिरहेको एनआइटिसीको भनाई
सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपालभरका स्थानीय निकायका वेबसाइटहरु बन्द भएका छन ।

काठमाडौं, भक्तपुर, मध्यपुर ठिमीसहित देशभरका स्थानीय तहका वेबसाइटहरु खोल्दा मर्मत भईरहेको देखाईरहेको छ ।

विगत २४ घन्टादेखि वेबसाइट बन्द भएको कारण स्थानीय तहले सूचनाहरु तथा कोभिड१९ को अपडेटबारे जानकारी लिन र दिन नसकिएको बताईएको छ।

सरकारी र स्थानीय निकायहरुको सर्भर तथा डाटाको सुरक्षा गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)ले भने साइटहरु मर्मतको क्रममा रहेको जानकारी दिएको छ ।

एनआइटिसीका निर्देशक रमेश पोखरेलले डाटाहरु सारिरहेको र अपडेट गरिरहेको हुँदा समस्या देखिएको जानकारी दिए ।

‘हाम्रै समस्या हो, हामी मेन्टिनेन्स गरिरहेका छौं, आजै समस्या समाधान हुन्छ,’ निर्देशक पोखरेलले भने ।

प्रकाशित: १३ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया