
काठमाडौं ।
भारतीय कम्पनी रिलायन्सले केहि समय अघि घोषणा गरिसकेको छ कि कम्पनीले भारतको खुद्रा क्षेत्रमा आफ्नो सेवाहरू प्रदान गर्न जियो मार्ट ल्याउने छ, जस अन्तर्गत स्थानीय दोकानदारहरूले उनीहरूको सामानहरू अनलाइन बेच्न सक्नेछन्।
जियो मार्ट देशका केही क्षेत्रहरुमा लागू गरिएको छ जहाँ किराना पसल र साना पसलहरूबाट डिजिटल सामानहरू किन्न सकिने तथा भुक्तान गर्न सकिन्छ।
तर केही मानिसहरूले जियोको यस पहलको गलत फाइदा लिइरहेका छन् र जियो मार्टको नाममा मानिसहरूलाई ठग्ने काम गरिएको जानकारी सार्वजनिक भएको छ ।
भारतीय बजारमा तिब्रगतिमा आफ्नो सेवा बिस्तार गरिरहेको कम्पनीको नाममा नक्कली वेसबाइट बनाएर ग्राहकहरुलाई झुक्याउन खोजिएको हो ।
जियो मार्टको नाममा कम्पनीले यो धोखाधडी भएको र यस सम्बन्धमा कडा कदम चालेर जो कोहीले रिलायन्स जियो वा जियो मार्टको नाममा ठगी गर्दछ उनीहरुलाई कडा कारबाहि गरिने बताएको छ । उनीहरूलाई कडा कारबाही गरिनेछ र त्यस्ता व्यक्तिलाई जेल पठाइने कम्पनीले उल्लेख गरेको छ।
रिलायन्सले आम जनता र प्रत्यक्ष प्रयोगकर्ताहरुलाई पनि यस्तो धोखाधडी गर्ने मानिसहरुदेखि सावधान रहन अपील गरेको छ। कम्पनीले भारतमा सूचना जारी गर्दै नक्कली जियो मार्ट वेबसाइटहरूको सूची पनि जारी गरेको छ।
नक्कली वेबसाइटहरूको नाम रिलायन्सले नै साझेदारी गरेको छ र उल्लेख गरेको छ कि यी वेबसाइटहरू मध्ये कुनै पनि कम्पनीको होईनन्। यी सबै नक्कली र ठगी वेबसाईटहरू हुन् र कम्पनीले सर्वसाधारण भारतीयहरुलाई ती वेबसाइटहरु प्रयोग नगर्न सल्लाह दिएको छ। एजेन्सीका साथ
१. jmartfranchise.in
२. jiodealership.com 7
३. jiomartfranchises.com
४. jiomartshop.info
५. jiomartreliance.com
६. jiomartfranchiseonline.com
७. jiomartsfranchises.online
८. jiomart-franchise.com
९. jiomartindia.in.net
१०. jiomartfranchise.co
प्रकाशित: १३ भाद्र २०७७, शनिबार