
काठमाडौं ।
टेस्लाका संस्थापक तथा सिईओ एलन मस्कले टेस्लाको बिरूद्ध एउटा प्रयास गरिएको साइबरआक्रमण गम्भीर किसिमको भएको बताएका छन् ।
उनले हालै सोशल मिडिया ट्विटरमा त्यो निकै ‘गंभिर आक्रमण’ रहेको बताएका हुन् ।
कम्पनीको नेभादा, रेनो नजिकै रहेको विशाल कारखानामा विफल र्यान्समवेयर आक्रमण प्रयासको लक्ष्य गरिएको थियो।
अमेरिकी न्याय विभागले बिहीबार एक उजुरी सार्वजनिक गरेको थियो जसमा स्पार्क्स, नेभाडामा एउटा नाम नखुलेको कम्पनीको विरुद्ध एक असफल मालवेयर आक्रमणको वर्णन गरेको छ।
टेस्लाको स्पार्कमा कारखाना छ, जसले ब्याट्री सेलहरू, प्याकहरू र इलेक्ट्रिक मोटर्सहरू बनाउँछ । जबकि धेरै ब्लगहरूले सो उजुरी बारेमा टेस्लाको नाम उल्लेख नगरि कम्पनी लक्षित भएको रिपोर्ट गरेका थिए ।
न्याय विभागले रूसी नागरिक एगोर इगोरविच २७ वर्षिय क्रुचकोभ माथि टेस्लाका कर्मचारीलाई कम्पनीको नेटवर्कमा मालवेयर राख्न उनीहरु प्रभावित पार्न र घूस दिने प्रयास गरेको आरोप लगाएको छ।
यो मालवेयर र्यान्समवेयर इन्स्टल गर्न डिजाइन गरिएको थियो, योे एक प्रकारको मालवेयर हो जसले पीडितको फाइलहरू इन्क्रिप्ट गरेको बदलामा फिरौती रकम माग गर्दछ।
यस कार्यको लागि गिगाफ्याक्ट्री भनेर चिनिने टेस्ला कारखानाका एक अज्ञात कर्मचारीले उनले क्रुचकोभसँग भेट गरेका थिए । जसले कम्प्युटर नेटवर्कमा मालवेयर परिचय गराउन उनलाई १० लाख डलर तिर्न प्रस्ताव गरेको थियो।
त्यसपछि कर्मचारीले टेस्लालाई सूचित गरे, जसले फेडरल ब्यूरो अफ इन्वेस्टिगेशनलाई सूचीत गर्यो। एफबीआईले एक स्टिग अपरेशनमा ती कर्मचारी प्रयोग गरेको थियो ।
क्रुचकोभलाई अगस्त २२ मा पक्राउ गरिएको थियो। टेकक्रन्चबाट
प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार