सुबिसुको सेल्फ केयर पोर्टल संचालनमा, आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सिधै हेर्न पाईने

  • Technology Khabar | ११ भाद्र २०७७, बिहीबार
सुबिसुको सेल्फ केयर पोर्टल संचालनमा, आफ्नो सेवा सम्बन्धि सम्पूर्ण जानकारी सिधै हेर्न पाईने

काठमाडौं ।

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकवर्गहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नुहुनेछ साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नुहुनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकवर्गको सहजता एवम् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ ।

सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको कस्टमर लग इनद्वारा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ११ भाद्र २०७७, बिहीबार