
काठमाडौं ।
सामसङ इण्डियाले आगामी ५ बर्षमा भारतमा ४० अर्ब डलर रुपैयाँ बराबरको लाख करोडको मोबाइल फोन उत्पादन गर्ने योजना बनाइरहेको छ।
इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका आधिकारिक स्रोतहरूलाई उदृत गर्दै भारतीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।
कम्पनीले आफ्नो योजना इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग साझा गरेको छ।
भारतमा फोनको निर्माणलाई गति दिन सरकारले ‘इनिसिएटिभ फर मैन्युफैक्चरिंग’ (पीएलआई) योजना शुरू गरेको छ। यस योजना अन्तर्गत सामसङले बजार मूल्य १५ हजार भारु भएका स्मार्टफोनहरु कुल २.२ लाख करोड रुपैयाँ बराबरको स्मार्टफोन निर्माण गर्नेछ ।
एक अधिकारीका अनुसार, सामसङले आगामी ५ बर्षमा ४० अर्ब डलर अर्थात करिब ३.७ लाख करोड भारु मूल्यको फोन उत्पादन गर्ने योजना बनाएको छ। यसमध्ये २० अर्ब डलरको पीएलआई योजना अन्तर्गत स्मार्टफोन उत्पादन हुनेछ। यद्यपि सामसङले यस सम्बन्धमा कुनै आधिकारिक जानकारी दिएको छैन।
भारतमा सामसङ बाहेक थुप्रै घरेलु र विश्वव्यापी मोबाइल फोन निर्माण कम्पनीले सरकारको पीएलआई योजना अन्तर्गत फोन निर्माणका लागि आवेदन दिएका छन्।
यसमा विस्ट्रोन, पेगाट्रन, फक्सन र होन हाई जस्ता वैश्विक कम्पनीहरू, साथै लाभा, डिक्सन, माइक्रोमेक्स, पेजेट इलेक्ट्रोनिक्स, सोजो र ओप्टिमस जस्ता कम्पनीहरू सामेल छन्।
सरकारले आगामी ५ बर्षमा पीएलआई योजना अन्तर्गत देशमा ११ लाख करोडको मोबाइल फोन उत्पादन गर्ने आशा राखेको छ। एजेन्सीका साथ
प्रकाशित: २ भाद्र २०७७, मंगलवार