इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाइने

  • Technology Khabar | १ भाद्र २०७७, सोमबार
इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं ।

बिगमार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाइने भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु हुनेछ । यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु हुनेछ ।

योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ ।

कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेको जानकारी दिएको छ।

प्रकाशित: १ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • १ भाद्र २०७७, सोमबार