Technology Khabar १ भाद्र २०७७, सोमबार
काठमाडौं ।
सीजी इम्पेक्स प्रालिले एलजीको एआई डिडीटीएम मोटर भएको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।
यस वासिङ मेसिनमा एआई डिडीटिएम जस्ता लेटेस्ट प्रविधि रहेको छ।
मेसिनले बिग डाटा विथ डिप लर्निङ उपयोग गरेर कपडा धुने कम्पनीले बताएको छ। जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषता पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउछ ।
यस वासिङ मेसिनमा स्टिम प्लसटिएम प्रविधि रहेको छ। जसले कपडाको ९९.९ प्रतिशत किटाणु नष्ट गरेर हाइजेनिक वास दिने कम्पनीको भनाइ छ। साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँछ।
यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पुरा गर्दछ। जसले विजुली र समयको बचत गर्छ। यसमा मिसअलाइन्ड सय प्रतिशत स्टेनलेस स्टिल लिफ्टिर छ।
यसमा टेम्पर ग्लास डोर छ। जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथै इलिग्यान्ट डिसाइन, वास साइकल छनोट गर्ने मेटालिक केनोब र बिग लिड डिस्प्ले रहेको छ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १ भाद्र २०७७, सोमबार