
काठमाडौं ।
भारतले आफ्नो देशमा साइबर हमलाबाट बच्न छिटै साइबर सुरक्षा नीति ल्याउने भएको छ । भारतको आफ्नो ७४ औं स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै केन्द्र सरकारले छिटै साइबर सुरक्षा ल्याउने घोषणा गरे ।
उनले भारत साइबर सुरक्षाको विषयमा सचेत रहेको भन्दै राष्ट्रीय साइबर सुरक्षा रणनीति ल्याउने बताएका हुन् ।
‘भारत यो सन्दर्भमा सचेत छ र सर्तक, छ तथा यी खतराहरुको सामना गर्नको लागि निर्णय लिईरहेको छ र नयाँ नयाँ व्यवस्थाहरु पनि लगातार विकसित गरिरहेको छ । देशमा नयाँ राष्ट्रीय साइबर सुरक्षा रणनीतिको मस्यौदा तयार गरिएको छ,’ भारतीय प्रधानमन्त्रीले ट्विटरमार्फत घोषणा गरे ।
भारत इस संदर्भ में सचेत है, सतर्क है और इन खतरों का सामना करने के लिए फैसले ले रहा है और नई-नई व्यवस्थाएं भी लगातार विकसित कर रहा है।
देश में नई राष्ट्रीय साइबर सुरक्षा रणनीति का मसौदा तैयार कर लिया गया है: PM @narendramodi #AatmaNirbharBharat
— PMO India (@PMOIndia) August 15, 2020
भारतमा पछिल्लो दिनमा साइबर फ्रड बढिरहेको र सरकारले सर्तकता अपनाईरहेको बताईएको छ । केहि दिनअघि मात्रै भारतले फेक कल्सको बारेमा यूजर्सलाई अलर्ट गरेको थियो ।
यसका साथै भारतले डिजिटल भारतको अभियानलाई अगाडि बढाउँदै डिजिटल कारोबारलाई र इन्टरनेटलाई समेत महत्व दिएको छ ।
भारतभर सन् २०१४ अगाडि केबल ५ दर्जन पन्चायत ग्रामहरु अप्टिकल फाइबरमा जोडिएको थियो भने गत ५ वर्षमा १ लाख ५० हजार भन्दा बढि ग्राम पन्चायतहरुलाई जोडिएको बताईएको छ ।
भारतीय प्रधानमन्त्रीले आगामी १ हजार दिनमा देशको हरेक गाउँलाई अप्टिकल फाइबरद्धारा जोडिने घोषणा गरे । एजेन्सीका साथ
प्रकाशित: ३१ श्रावण २०७७, शनिबार