माछापुच्छ्रे बैंकको वीच्याट वालेटको भुक्तानी सेवा शुरु

  • Technology Khabar | ३० श्रावण २०७७, शुक्रबार
माछापुच्छ्रे बैंकको वीच्याट वालेटको भुक्तानी सेवा शुरु

काठमाडौं ।

माछापुच्छ्रे बैंकले नेपालमा पहिलोपटक वीच्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ।

माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै वीच्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो।

उक्त सम्झौतापछि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा किनेवापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरेर वीच्याट वालेटबाट भुक्तानी गर्नसक्ने बताइएको छ।

माछापुच्छ्रे बैंकले फस्ट पे टेक्नोलोजी प्रालीसंगको सहकार्यमा उक्त वीच्याट वालेट संचालनमा ल्याएको जानकारी दिएको छ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगलको जेमिनीले अब संगीत सिर्जना गर्न सक्ने

  • Technology Khabar
  • ३० श्रावण २०७७, शुक्रबार