
काठमाडौं ।
सरकारले सक्रिय सङ्क्रमित धेरै भएका जिल्लाहरु र काठमाडौं उपत्यकाका सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरुको सेवा अब अनलाईनबाट समेत संचालन गर्ने गरि व्यवस्था गर्न आदेश जारी गरेको छ।
मन्त्रिपरिषदको यहि साउन २६ गते बसेको बैठकले सो आदेश जारी गरेको हो ।
जसअनुसार कोभिड-१९ सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ-संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघ-संस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ।
यी निकायहरूको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूलाई सुरक्षित रूपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने वर्क फ्रम होमको व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउन समेत आदेश दिएको छ ।
त्यसैगरि अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्न भनेको छ ।
यसबाहेक कोभिड-१९ संक्रमण रोक्न विभिन्न थप निर्णयहरु समेत गरिएको छ ।
प्रकाशित: २७ श्रावण २०७७, मंगलवार