टेन्सेन्टको बहु प्रतिक्षित मोबाइल गेम ‘डुन्जियन एण्ड फाइटर मोबाइल’ को लन्चिङ्ग अनिश्चित

Technology Khabar २७ श्रावण २०७७, मंगलवार

काठमाडौं ।

टेन्सेन्ट होल्डिंग्सले अगस्त १२ मा सार्वजनिक गर्ने योजना राखेको मोबाइल गेम डुन्जियन एण्ड फाइटर मोबाइलको लन्चिङ्ग अब अनश्चित भएको छ ।

कम्पनीले यसमा केहि अपग्रेड गर्नुपर्ने भएको भन्दै लन्चिङ्गलाई सारेको हो ।

टेन्सेन्टकाअनुसार गेमको एडिक्सन प्रिभेन्सन सिस्टम अर्थात गेम खेल्ने लत रोक्नका लागि हुने प्रणालीमा अपग्रेड गर्नुपर्ने आवश्यकताको कारण यसको सार्वजनिकीकरण स्थगित भएको हो ।

डुन्जियन एण्ड फाइटरले सोमबार ढिलोगरि यसको आधिकारिक वीच्याट एकाउन्टमा घोषणा गरेको छ । तर यो कहिलेसम्मको अवधि लाग्छ भन्ने जानकारी दिएको छैन् ।

यो गेम, जुन टेन्सेन्टको तीन ठूला लिगेसी पर्सनल कम्प्युटर खेल मध्ये एकमा आधारित छ ।

विश्लेषकहरूले यस वर्ष चिनियाँ गेमिङ्ग कम्पनीको डुन्जियन एण्ड फाइटर लन्चिङ्ग ब्लकबस्टर अर्थात प्रमुख गेमहरु मध्ये एक हुने भविष्यवाणी गरेका छन्। रोयटर्स

प्रकाशित: २७ श्रावण २०७७, मंगलवार

तपाइको प्रतिक्रिया