Technology Khabar २७ श्रावण २०७७, मंगलवार
काठमाडौं ।
विगत केहि दिनदेखि सामाजिक संजालमा बिनोद नाम निकै चर्चामा रहेको छ । अधिकांशले विनोद नामलाई सामाजिक संजालमा प्रयोग गरिरहेका छन भने विनोदको नाममा विभिन्न मिम्स पनि तयार भएका छन् ।
तर ती अधिक मात्रामा भने भारतमा तयार भएका हुन् । भारतबाट शुरु भएको विनोद नामको ट्रेडिङ्गग अहिले निकै चर्चामा रहेको छ । तर यसको नेपालसँग कुनै साइनो र सम्बन्ध भने छैन् ।
भारतमा एक विनोद नामका व्यक्तिलाई मजाक बनाईएसँगै शुरु भएको सो शब्दको प्रयोग अहिले भारतमा निकै चर्चामा रहेको छ । जसमा सबैभन्दा धेरै ट्विटरमा प्रयोग भईरहेको देखिन्छ ।
विनोद नामका एक व्यक्तिले अन्य यूट्यूब च्यानलहरुमा कमेन्ट सेक्सनमा विनोद लेख्ने गरेको विषयलाई एक यूट्यूबरले हसीँ मजाकको विषय बनाएसँगै भाईरल भएको सो नाम र शब्द नेपालका कम्पनीहरुले पनि प्रयोग गर्न शुरु गरेका छन् ।
नेपाली कम्पनीहरुले अधिकांश अन्यको सिको गर्ने र नक्कल गर्दै आएको तर आफ्नो सिर्जनात्मकता दिन नसकिरहेको अवस्थामा अहिले भारतीय ट्रेन्डिङ्ग र प्रयोगमा आएको #विनोद नामलाई आफ्नो सिर्जनात्मकता भन्दै प्रयोग गरिरहेको देखिन्छ ।
तर त्यसले कतै हामी भारतको सूचना प्रविधि र सिर्जनात्मकता भित्र नै रुमल्लिरहेका त छैनौं भन्ने प्रश्न उब्जाएको छ ।
सूचना प्रविधिको क्षेत्रमा नै काम गरिरहेका एक व्यवसायीले भारतको नक्कल हरेक क्षेत्रमा गर्ने प्रवृत्तिले गर्दा नेपाली सिर्जनात्मकता हराउने आशंका व्यक्त गरे ।
‘विनोद भारतबाट शुरु भएको शब्द हो र हाल यो ट्रेण्डिङ्गमा छ । हामीले पनि त्यस्तै मौलिक सिर्जना ट्रेण्डिङ्गमा ल्याउन सक्दैनौं र ? तर नेपाली कम्पनीहरु त्यसैलाई फलो गरिरहेको देखिन्छ,’ उनले भने ।
भारतको सोहि नाम र शब्दलाई प्रयोग गरेर नक्कल गर्दै नेपालको मौलिक कम्पनीहरु भएको दाबी गर्ने कम्पनीहरुले समेत त्यसैलाई पछ्याएको देखिन्छ ।
जसमा सबैभन्दा अगाडी डिजिटल वालेट खल्ती रहेको छ भने त्यसैलाई अर्को कम्पनी एनआईसी एशिया बैंकले पछ्याएको देखिन्छ ।
Hello, Binod out there.. How are you handling the fame?#Binod#NepaliBrandsinTwitter #Nepal pic.twitter.com/Y6cxHylWLO
— Khalti Official (@KhaltiOfficial) August 8, 2020
विनोदले सर्वाधिक न्यून वार्षिक ८.२५% ब्याजदर तथा ०.२५% प्रशासनिक शुल्कमा सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन दिएर ४८ घण्टामै कर्जाको निर्णय पनि पाउनुभयो। तपाईले पनि सुलभ कर्जा लिई व्यवसायको लगानी कम गर्न विनोदले जस्तै स्मार्ट निर्णय कहिले लिने?#nicasiabank #binod #smart #loan pic.twitter.com/4QDIE8qPpU
— NIC ASIA Bank (@NICASIABank) August 11, 2020
त्यसैगरि यसलाई प्रयोग गर्नेमा शाओमी नेपाल रहेको देखिन्छ । शाओमी नेपालका जनरल म्यानेजर शौरभ कोठारीले यसको प्रयोग गरेको देखिन्छ भने त्यसलाई कम्पनीले पछ्याएको छ ।
Redmi Note 9 pro max-
Big battery
Impressive cameras
Noteworthy display
Outstanding performance
Dashing looksRT when you see it!!! ????????????#Trending#BinodArmy
— Sourabh Kothari (@1sourabhkothari) August 10, 2020
Our country GM @1sourabhkothari know who is real #binod. RT, if you think he is right! https://t.co/ghOulO3H5z
— Xiaomi Nepal (@XiaomiNepal) August 11, 2020
प्रकाशित: २७ श्रावण २०७७, मंगलवार