बैं‌कका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन

  • Technology Khabar | २५ श्रावण २०७७, आईतवार
बैं‌कका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन
सांकेतिक

काठमाडौं ।

बैं‌क तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई पनि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्न पाउने सुबिधा बैंकहरुले दिनसक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै अहिलेको विशेष परिस्थितीमा बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई घरबाटै काम गराउन सकिने गरी निर्देशन दिएको हो ।

पछिल्लो समय संक्रमितहरु थपिँदै गरेको विभिन्न स्थानहरुमा लकडाउन गरिएको, जोरविजोर प्रणाली लागूगरिएका जस्ताका कारणले कर्मचारीहरु कार्यालयसम्म आउन नसक्ने हुँदा यस्तो व्यवस्था गर्न सकिने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विद्युतिय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन हुने गरि काम गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित: २५ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार