
काठमाडौं ।
बिक्रीको आधारमा भारतको सबैभन्दा ठूलो चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो एमआईयूआई अपरेटिङ्ग सिस्टमको नयाँ संस्करण विकास गर्दैछ।
शाओमीले चिनियाँ एप्स (अनुप्रयोगहरू) मा भारतीय प्रतिबन्धहरूको पालन गर्नेगरि नयाँ एमआईयूआई सफ्टवेयरको विकास गरिरहेको बताएको छ।
शाओमीका भारतका प्रमुख मनु जैनले शुक्रबार एउटा ट्वीट पोष्टमार्फत यो जानकारी दिएका हुन्।
जैनले भनेका छन कि कम्पनीले चिनियाँ अनुप्रयोगमा भारतीय प्रतिबन्धको पालना गरिरहेको छ।
प्रतिबन्धित चिनियाँ अनुप्रयोगहरू नयाँ सफ्टवेयरमा प्री इन्स्टल हुने छैनन् ।
मनु जैनले भने- ‘हामी यो कुरा स्पष्ट गर्न चाहन्छौं कि भारत सरकारले प्रतिबन्धित गरेको कुनै चिनियाँ अनुप्रयोग भारतमा ल्याइएको शाओमी फोनमा एक्सेस भएका छैनन्।’
जैनले भनेका छन कि यस्तो एमआईयूआई सफ्टवेयर विकास गर्दैछौं जहाँ कुनै प्रतिबन्धित चिनियाँ अनुप्रयोग फोनमा पहिले नै राखिएका हुनेछैन।
एमआईयूआई एन्ड्रोयडमा आधारित एक अपरेटिंग प्रणाली हो जसमा शाओमीका सबै स्मार्टफोनहरू चल्दछन्।
यो कम्पनीको व्यवसाय मोडेलको एक महत्वपूर्ण अंश पनि हो।
कम्पनीले २०१८ देखि नै भारतमा भारतीय प्रयोगकर्ताहरूको डाटा भण्डारण गरिरहेको र त्यो जारी रहने बताएको छ। यसका साथै यी डाटाहरु भारतबाट बाहिर कहिले पनि साझेदारी नगरिएको दाबी गरेको छ।
भारत र चीनबिच सीमा विवाद पछि, भारत सरकारले चिनियाँ कम्पनीहरुसँग सम्बन्धित १०० भन्दा बढि अनुप्रयोगमा प्रतिबन्ध लगाएको छ। यसमा शाओमीको एमआई ब्राउजर र एमआई कम्युनिटी अनुप्रयोगहरू समेत रहेको छ।
एमआई ब्राउजरलाई प्रयोगकर्ताहरुको बारेमा जानकारी संकलन गरेको आरोप सहित रोक लगाईएको छ यद्यपि कम्पनीले यी आरोपहरू अस्वीकार गरेको छ। एजेन्सीका साथ
प्रकाशित: २५ श्रावण २०७७, आईतवार