माइक्रोसफ्टका सिईओसँग कुराकानीपछि अमेरिकी राष्ट्रपति टिकटक खरिद बारेमा लचक

  • Technology Khabar | २० श्रावण २०७७, मंगलवार
माइक्रोसफ्टका सिईओसँग कुराकानीपछि अमेरिकी राष्ट्रपति टिकटक खरिद बारेमा लचक

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माईक्रोसफ्टले चिनियाँ एप(अनुप्रयोग) टिकटक किन्ने विषयको विरोध फिर्ता लिएका छन्।

तर उनले भनेका छन् कि अमेरिकी सरकारलाई यस सम्झौताको महत्वपूर्ण अंश दिइनु पर्छ। यद्यपि यो सम्झौता कतिमा तय हुनेछ भन्ने बारे अझै स्पष्ट छैन।

यस अघि अमेरिकी राष्ट्रपतिले गत हप्ता चिनियाँ अनुप्रयोग टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

तर यसपछि पनि माइक्रोसफ्टले उनीहरू टिकटक खरिद गर्ने विषयको सम्झौता बारेमा कुराकानी गरिरहेको बताएको थियो ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सत्य नडेलाले आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका थिए। कम्पनीले राष्ट्रपति ट्रम्पको सुरक्षा चिन्तालाई दिइने महत्त्वको पूर्ण मूल्यांकन गर्ने बताएको छ।

उनीहरूले अनुप्रयोगको सुरक्षाको बारेमा पूर्ण समीक्षा गर्ने बताएका छन्। माइक्रोसफ्टले आफ्नो एउटा ब्लगमा भनेको छ- ‘यसले अमेरिकी सरकारलाई यस सम्झौताबाट देशलाई हुने ‘आर्थिक लाभ’ को बारेमा पनि बिस्तारमा बताउनेछ।’

माइक्रोसफ्ट आशावादी छ कि टिकटकको स्वामित्वमा रहेको कम्पनी बाइट डान्ससँग सेप्टेम्बर ११ सम्म सम्झौता सम्पन्न हुनेछ।

संसारभरि ५० करोड टिकटक प्रयोगकर्ताहरू छन् र अमेरिकामा मात्रै करीब ८ करोड प्रयोगकर्ताहरू छन्। एजेन्सीका साथ

प्रकाशित: २० श्रावण २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...