
काठमाडौं ।
सिंगापुरले आफ्नो देशमा भित्रने केही यात्रुहरूलाई इलेक्ट्रोनिक अनुगमन उपकरण लगाउनुपर्ने नीति ल्याउने भएको छ।
सिंगापुरमा भित्र्ने यात्रुहरुले कोरोनाभाइरस क्वारेन्टाइनको अनुपालन गरेका छन की छैनन भनेर सुनिश्चित गर्न सो डिभाइस दिनेछन् । यसले गर्दा सिंगापुरले बिस्तारै आफ्ना शहरहरु र बिस्तारै आफ्नो सिमाना पुनः खोल्ने तयारी गरेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
यहि ११ अगस्तदेखि आउने यात्रीहरू जसमा आफ्ना नागरिक र बासिन्दाहरु सहितलाई ती उपकरणहरु दिनेछ । जसमा छानिएका देशका यात्रुहरुलाई दिइनेछ जसलाई राज्यले उपलब्ध गराएको सुविधाको सट्टा घरमा एक्लै बस्न दिइने अनुमति दिईनेछ।
हंगकंग र दक्षिण कोरियामा पनि क्वारेन्टाइनको क्रममा मानिसहरुको आवतजावत ट्र्याक गर्न इलेक्ट्रॉनिक रिस्टब्यान्ड प्रयोग गरी यस्तै उपायहरू प्रयोग भैसकेका छन्।
सिंगापुरका यात्रीहरूले उनीहरूको घर पुगेपछि उपकरण सक्रिय गर्न आवश्यक छ, जसले जीपीएस र ब्लुटुथ संकेतहरू प्रयोग गर्दछ, र तिनीहरूको डिभाइसमा नोटिफिकेसनहरू प्राप्त गर्नेछन् जुन उनीहरूले स्वीकार्नुपर्दछ।
त्यस्तो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले घरबाट बाहिर निस्कने वा उपकरणसँग छेडछाड गर्ने कुनै पनि प्रयास गरेको खण्डमा अधिकारीहरूलाई सतर्क गराउनेछ ।
तर यसमा १२ वर्ष वा त्यसभन्दा मुनिका बालबालिकाहरुका लागि भने सो डिभाइस प्रयोग गर्न आवश्यक छैन् । रोयटर्सबाट
प्रकाशित: १९ श्रावण २०७७, सोमबार