
काठमाडौं ।
नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा धरौटीमा छुटेका छन्।
काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्यायाधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा उनलाई रिहा गरिएको छ।
सरकारी कर्मचारी देउजाले नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्दा २४ हजार रुपैयाँ नोक्सान गरेको अनुसन्धानहरुमा खुलेको बताईएको छ।
यसअघि देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो ।
टेलिकमले असार १२ गते उजुरी गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान अगाडि बढाएको थियो । ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो ।
प्रकाशित: १७ श्रावण २०७७, शनिबार