अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

  • Technology Khabar | १७ श्रावण २०७७, शनिबार
अमेजनले स्याटेलाइट नेटवर्कमा १० अर्ब डलर लगानी गर्दै, उच्चगतिको ब्रोडब्याड इन्टरनेटको दिने

काठमाडौं ।

अमेजन डट इंकले स्याटेलाइटहरूको नेटवर्क निर्माण गर्न १० अर्ब डलर भन्दा बढी लगानी गर्ने बताएको छ ।

सो लगानीमा कम्पनीले ३ हजार २३६ वटा स्याटेलाइटहरु अन्तरिक्षमा राख्नेछ । जसले विश्वव्यापीरूपमा तिब्रगतिको इन्टरनेटको पहुँच अभाव भएका मानिसहरूका लागि उच्चगतिको ब्रोडब्याड इन्टरनेट सेवा प्रदान गर्नेछ ।

घोषणाले अमेरिकी संघीय संचार आयोग (फेडरल कम्युनिकेशन्स कमिसन)ले योजनालाई अनुमोदन गरेसँगै कम्पनीले सो घोषणा गरेको हो ।

सो परियोजनालाई ‘प्रोजेक्ट कुइपरू’ नाम दिईएको छ जसले लो-अर्थ अर्बिट स्याटेलाइटहरु राख्नेछ।

अमेजनको यस परियोजनाले एलन मस्कको स्पेसएक्सद्वारा निर्माण भइरहेको स्टारलिंक नेटवर्कको साथ प्रतिस्पर्धा गर्दछ।

यसले अमेजनको २६ वर्षको ईतिहासमा नै सबैभन्दा ठूलो नाफा दिने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२६ भित्र आधा र बाँकी स्याटेलाइटहरु सन् २०२९ भित्र अन्तरिक्षमा राखिसक्नुपर्ने एफसीसीले निर्देशन दिएको छ । एजेन्सी

प्रकाशित: १७ श्रावण २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार