
काठमाडौं ।
गूगलले आफ्नो प्ले स्टोरबाट २९ वटा अनुप्रयोग(एप) हटाएको छ, जसमा ‘एडवेयर’ भेटिएका थिए। यी अनुप्रयोगहरू प्ले स्टोरमा ३० लाख भन्दा बढी पटक डाउनलोड गरिएका छन्।
थ्रेट इन्टेलिजेन्स टीम ‘ह्वाइट अप्स साटोरी’को इन्टेलिजेन्स टोलीले यसको ‘CHARTREUSEBLUR’ अनुसन्धानको एक भागको रूपमा २९ वटा अनुप्रयोगहरू भेट्टाएको थियो।
अनुसन्धानको क्रममा यी एप्स ‘ब्लर’ वर्ल्ड कोडनाममा फेला परेका थिए। फेला परेका मालिसियस एप्सहरु तस्विर सम्पादन गरिने अनुप्रयोग हुन् जसमा ब्लर सुविधा छ।
टोलीका अनुसार यी एन्ड्रोइड अनुप्रयोगहरू फोनमा आउट अफ कन्टेक्स्ट विज्ञापनहरु चलाईरहेका थिए। ह्याकर्स आउट अफ कन्टेक्स्ट प्रयोग यस कारण गर्दछन ताकि यो पत्ता लगाउन नसकियोस्।
यी अनुप्रयोगहरु फोनमा इन्स्टल भएपछि फोनमा यी एप्सको लन्च आइकनहरू फोनबाट हराउने बताईएको छ । यसको कारणले गर्दा, प्रयोगकर्ताहरूलाई फोनबाट यी मालिसियस अनुप्रयोगहरू मेटाउन गाह्रो हुने गर्दछ ।
यी अनुप्रयोगहरू मार्फत पप अप गरिएका विज्ञापनहरू केही सेकेन्डको लागि स्मार्टफोनमा देखा पर्दछन् ।
टिमकाअनुसार एप्सको हरेक कार्यमा पप-अप आउँदछ। यी कार्यहरूमा फोन अनलक, एप इन्स्टल, फोन चार्ज र मोबाइल डाटाबाट वाइफाइ स्विच समावेश छ।
यी हुन हाल हटाईएको मालिसियस एप्स-
प्रकाशित: १६ श्रावण २०७७, शुक्रबार