सानिमा बैंकको डिजिटल काउन्टर सुरु, चेक बिना नै भुक्तानी पाईने

  • Technology Khabar | १४ श्रावण २०७७, बुधबार
सानिमा बैंकको डिजिटल काउन्टर सुरु, चेक बिना नै भुक्तानी पाईने

काठमाडौं ।

सानिमा बैंकले डिजिटल काउन्टर सुरु गरेको छ। ग्राहकको सुविधा लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति अन्तर्गत डिजिटल काउन्टर सुरु गरिएको बैंकले जानकारी दिएको छ।

मंगलबारदेखि सञ्चालनमा आएको यो डिजिटल काउन्टरबाट सानिमा बैंकका ग्राहकहरुले चेक बिना नै भुक्तानी पाउने छन्।

यो सेवा लिनका लागि मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग” हुनुपर्छ। नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी पाउन सकिने बैंकले जानकारी दिएको छ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...