गूगलका कर्मचारीहरुले अर्को १ वर्षसम्म घरबाटै काम गर्न सक्ने

  • Technology Khabar | १३ श्रावण २०७७, मंगलवार
गूगलका कर्मचारीहरुले अर्को १ वर्षसम्म घरबाटै काम गर्न सक्ने

काठमाडौं ।

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट इंकका प्रमुख कार्यकारी सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म घरबाटै काम गर्न सकिने अनुमति दिएको जानकारी दिएका छन् ।

उनले कर्मचारीलाई मेमो पठाउँदै कामका लागि कार्यालयमा आउनुनपर्ने बताएका हुन्।

उनले हाल विश्वभर केबल ४२ वटा शाखा मात्र खोलिएको जानकारी दिएका छन् ।

अल्फाबेटका कर्मचारीले गत मार्चदेखि नै घरबाट काम गर्दै आईरहेकोमा कम्पनीले आगामी जनवरीबाट कार्यालय सुरू हुनसक्ने योजना लिएको थियो।

‘कर्मचारीलाई अगाडिको योजना बनाउन सजिलो होस् भन्नका लाहि हामीले ‘वर्क फ्रम होम’ लाई जुन ३०, सन् २०२१ सम्मका लागि बढाउने भएका छौं,’ सिईओ पिचाईले मेमो नोटमा भनेका छन्।

यो नियम कार्यालयमा भौतिकरूपमा उपस्थित भएर काम गर्नुपर्ने क्षेत्रका कर्मचारीको हकमा भने लागु हुनेछैन्।

अल्फाबेटको यस कदमका साथ टेक कम्पनीहरुले कोरोना भाइरसको महामारी कति लामो समय जान्छ भन्नेमा अझै निश्चिन्त नरहेको देखाएको छ।

यसका साथै अन्य टेक कम्पनीहरुले पनि वर्क फ्रम होमको नीति लिएका छन् ।

यो निर्णयको समाचार सुरूमा द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको थियो। एजेन्सीका साथ

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार