दूरसञ्चार सेवा दिने सबै कम्पनीहरुले अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने

Technology Khabar १३ श्रावण २०७७, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई अनिवार्यरुपमा सेक्यूरिटी अडिट गर्नुपर्ने निर्देशन दिएको छ ।

नियमनकारीनिकाय प्राधिरकणले दूरसञ्चार प्रणालीमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि अनिवार्य सेक्यूरिटी अडिट गर्नुपर्ने प्रावधान लागु गरेको हो ।

प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै संभावित साइबर जोखिमहरु न्यूनिकरण गरि दूरसञ्चार सेवालाईथप सुरक्षित तथा भरपर्दो बनाउन सबै दूरसञ्चार सेवा प्रदायकहरुले आफ्नो प्रणालीहरुको नियमित अनिवार्य अडिट गर्न र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

यसअघि पटक पटक दूरसञ्चार सेवा प्रदायकहरुको प्रणालीमा ह्याकरहरुले आक्रमण गरिरहेको र ह्याक गर्ने प्रयास गरेको समाचारहरु आएका थिए ।

केहि महिना अगाडि मात्रै लकडाउनको समयमा इन्टरनेट सेवा प्रदायक भायनेटको प्रणाली ह्याक गरेर ह्याकरले डाटा लीक गरिदिएको थियो ।

सरकारले गठन गरेको नेशनल सर्टले पनि दूरसञ्चारसहितका क्षेत्रमा साइबर जोखिम रहेको भन्दै त्यसको न्यूनिकरणको उपायहरु उल्लेख गरेर सूचना सार्वजनिक गरेको थियो ।

प्रकाशित: १३ श्रावण २०७७, मंगलवार

तपाइको प्रतिक्रिया