आईफोन १२ लन्च गर्ने मिति खुलासा, एप्पल चिप्समा आधारित म्याकबुकहरू अक्टुबरमा आउँदै

  • Technology Khabar | ११ श्रावण २०७७, आईतवार
आईफोन १२ लन्च गर्ने मिति खुलासा, एप्पल चिप्समा आधारित म्याकबुकहरू अक्टुबरमा आउँदै

काठमाडौं ।

टेक कम्पनील एप्पलले यो वर्ष ल्याउने भनिएको आईफोन १२ को बारेमा निकै लामो समयदेखि चर्चा भईरहेको छ । यसका विभिन्न फीचर, डिजाइन तथा स्पेकहरुको बारेमा बेला बेलामा भित्री समाचारहरु समेत आईरहेको छ ।

अहिले भने कम्पनीले नयाँ आईफोन १२ सिरिज लन्च गर्ने मिति र नयाँ लन्च बारे नयाँ जानकारी आएको हो ।

माइक्रो ब्लगिंग साइट ट्विटरमा टिपस्टरले दिएको जानकारीअनुसार एप्पलले सेप्टेम्बर ८ को लागि अनलाइन कार्यक्रमको योजना बनाइरहेको छ, जहाँ यसले नयाँ ५ जी आईफोन १२ मोडेल, नयाँ एप्पल वाच र केही अन्य उत्पादनहरू लन्च गर्न सक्दछ।

यसका साथै टिपस्टरले यो पनि भने कि टेक जायन्ट एप्पलले अक्टुबर २७ को लागि अर्को कार्यक्रमको योजना बनाएको छ जहाँ यसले आईप्याड प्रो, एप्पल ग्लास अनावरण गर्नेछ, जबकि इन-हाउस प्रोसेसरबाट संचालित पहिलो म्याकबुक मोडल पनि लन्च गर्न सक्नेछ ।

अक्टुबरको ईभेन्ट अनलाइन हुनेछ वा यो कतै अफलाइन नै आयोजना हुने छ अझै स्पष्ट छैन।

जसमा यो भनिएको छ कि सेप्टेम्बर ८ मा नयाँ ५जी आईफोन १२ मोडेल निश्चित रूपमा लन्च गर्नेछ भने सोहि समयमा साथै नयाँ एप्पल वाच पनि सार्वजनिक गर्नेछ।

यसबाहेक कम्पनीले आईप्याड र एयरपावर चार्जिङ्ग प्याड समेत लन्च गर्नेछ । एजेन्सीका साथ

प्रकाशित: ११ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार